वीरगञ्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरका समर्थकबीच विवाद हुँदा कुटाकुट भएको छ । मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच कुटाकुट भएको हो।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत बस्ने गरेको कार्यकक्ष सारेर अन्यत्र लगेको र खाली भएको कार्यालयमा पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमका समर्थकले रोकेपछि विवाद भएको हो।
उपमेयर इम्तियाज आलमको सचिवालयले कार्यकारी अधिकृत सरेपछि खाली रहेको कोठालाई आफूले प्रयोग गर्ने बताएको थियो। मंगलबार उक्त खाली कोठामा लगाइएको ताला खोलाएर पञ्जीकरण शाखा बनाउने विषयमा विवाद भएको हो। पञ्जीकरण शाखाका लागि कोठा दिन नमान्दा मेयर र उपमेयरका समर्थकबीच हात हालाहाल भएको हो।