काठमाडौं – प्रहरीले ललितपुरको झम्सिखेलमा गोली चलाएको छ। एकजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
उदयपुरका अविनाश राईलाई प्रहरीले लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको छ। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाउनु परेको थियो।
राईको साथबाट आधा किलो ‘आइस ड्रग’ बरामद भएको र उनको उपचार भइरहेको छ। राईको साथबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ। उनको दाहिने खुट्टामा गोली लागेको छ।