आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।
पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । दिनभर ९ मिनेट कारोबार हुँदा जम्मा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।
नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ। बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ। २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो। आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो।
बजार खुलेदेखि नै उत्साहजनक रुपमा बढेपछि यस दिन तीन पटकसम्म सर्किट ब्रेक लागेको हो। बजार खुलेको ५ मिनटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। पहिलो सर्किट ब्रेक लागेर खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।