त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ। गए राति साढे ६ केजी सुन बरामद गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन् भने शंकास्पद अर्का दुईजनालाई पनि पक्राउ गरिएको छ। इजिप्टका ती नागरिक पनि संलग्न भएको आशंकामा उनीहरुलाई पनि पक्राउ गरिएको हो । यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् ।
यसअघि गत विहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो।