नेपालले एसिसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल पाकिस्तानी बलर सामू खुलेर खेल्न सकेन।
दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा भइरहेको खेलमा नेपाल ४७ दशमलव २ ओभरमा अल आउट भयो। नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए। यस्तै दिपेश कडेलले ३१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पाकिस्तानका मोहम्मद जिसनले सर्वाधिक ६ विकेट लिए। अमिर हसनको नाममा २ विकेट रह्यो।