प्रहरीले काठमाडौंको नागढुंगाबाट ३ जनालाई २ किलो सुनसहित पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको जिपबाट २ किलो सुन बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा रसुवाका २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ रहेका छन् । उनीहरूले गाडीको गियरबक्समा लुकाएर सुन भित्र्याउन लागेको प्रहरीले जनाएको छ । बरामद सुन र पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको पनि प्रहरीको भनाइ छ ।