त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राति काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको छ।
अन्य केही व्यक्ति पनि यसमा संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको छ । विशेष सूचनाको आधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने वित्तिकै पक्राउ गरेको विमानस्थल स्रोतले बताएको छ।