नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्।
अन्जनाले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा विवाह भएको हो।
१४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बनेकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन्।
अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू-१९ टिमको कप्तानी समेत गरेकी थिइन्।