व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको छ। आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।
नेपालमा चुनौती बढेकोले कम्पनीको सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका छन्।
एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको उनले बताएका छन्।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत र बाँकी २० प्रतिशत सेयर स्वामित्व नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।