नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।
यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर छन् ।
पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।