कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघले मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा सुदूरपश्चिम महोत्सवको आयोजना गर्ने भएको हो।
संघले ३० वटा उपसमिति गठन गरेर महोत्सवको तयारी सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी सुरु गरिएको छ।