दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर प्रहरीले नजरबन्दमा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
‘उहाँलाई मंसिर ८ गते बिहानदेखि नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भक्तपुर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट दिनुभएको छ,’ उनले भने, ‘रिट दर्ता भएको छ।’
रिटको सुनुवाइका लागि आइतबारलाई पेशी तोकिएको छ।