काठमाडौं महानगरका मेयर बालेन शाहले धर्तीलाई माया गर्ने मान्छे बन्न कसैलाई मन नलागेको भन्दै ब्यङ्ग्य गरेका छन्।
काठमाडौंमा बिहीबार दुर्गा प्रसाईंले राजतन्त्र ल्याउन गरेको प्रदर्शन र एमालेनिकट युवासंघले गरेको प्रदर्शनलाई उनले ब्यङ्ग्य गर्दै देशमा सबैलाई राजा बन्न, राष्ट्रपती बन्न, प्रधानमन्त्री बन्न, नेता बन्न मन लागेको तर मान्छे बन्न कसैलाई मन नलागेको बताए।