घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ।
नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भयो।
भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे।
कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।
अष्ट्रेलियाका मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।