मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २८ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।
घाइते हुनेहरुमा चारजना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए।
स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो। घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसमेत घाइते भएका हुन्। आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको दाहालले जानकारी दिए।