राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाको ९ खेलमा ७ जित हो।
२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
रस्सी भान डेर डुसेन ९५ बलमा ६ चौका र १ छक्का सहित ७६ रनमा अविजित रहे । एन्डिले फेहलुकवायोले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३९ रनमा नटआउट रहे ।
ओपनर क्विन्टन डी ककले दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिँदै ४७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अर्का ओपनर तथा कप्तान टेम्बा बाभुमाले आफ्नो इनिङ्समा ३ चौकासहित २८ बलमा २३ रन बनाए ।
एडेन मार्क्रमले २५ रनको योगदान दिए भने हेनरिक क्लासनले १० रन बनाए । डेभिड मिलरले राम्रो सुरुआत गर्दै २४ रन बनाए ।
अफगानिस्तानका लागि रसिद खान र मोहम्मद नाबीले समान २ र मुजिब उर रहमानले १ विकेट लिए ।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाइले १ सय ७ बलमा सात चौका र तीन छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे । यसैगरी रहमत शाह र नुर अहमदले समान २६, रहमानुल्लाह गुर्बाजले २५, इब्राहिम जाद्रनले १५, राशिद खानले १४ र इक्रम अलिखिलले १२ रन बनाए ।
ओमजाइले तेस्रो विकेटका लागि शाहसँग ४९ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जीले चार, लुङ्गी एनगिडी र केशव महाराजले समान दुई तथा एन्डिले फेहलुक्वायोले एक विकेट लिए।