अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले श्रीलंकन क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसिसीको आज बसेको बैठकले तत्कालै लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
श्रीलंकन क्रिकेट बोर्डमा सरकारले हस्तक्षेप गरेपछि आइसिसीले कदम चाल्दै निलम्बन गर्ने निर्णय गरेको हो।
श्रीलंकन क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप मान्य नहुने आइसिसीले प्रष्ट पारेको छ ।
भारतमा जारी विश्वकप क्रिकेटमा श्रीलंकाको खराब प्रदर्शन पनि सरकारले बोर्डका पदाधिकारीलाई बर्खास्त गरेको थियो ।
तर, अदालतले सरकारको निर्णय उल्टाएपछि सरकार र विपक्षी नेताहरु पनि अदालतलाई समेत चुनौति दिने गरी उत्रिएपछि आइसिसीले पछिल्लो निर्णय लिएको हो ।
अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए ।