प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरूले एक महिनाको पारिश्रमिक बराबरको रकम भूकम्प प्रभावितहरूलाई दिने भएका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने निर्णय गरेका हुन् ।