धेरैजसो महिलाहरू आफ्नो ढिलो र झुन्डिएको स्तनबाट तनावमा रहन्छन्। यसै कारणले गर्दा उनीहरु पहिरनमा समेत सहज महसुस गरिरहेका हुँदैनन्। ढिलो स्तनले कहिलेकाहीं महिलाहरूलाई धेरै असहज महसुस गराउँछ र यसले उनीहरूको आत्मविश्वासलाई पनि घटाउँछ। आज हामी तपाईंलाई केही विशेष ब्राको बारेमा बताउन गइरहेका छौँ जसले तपाईको झुल्लेका स्तनलाई आकारमा ल्याउन सहयोग गर्नेछ। यी ब्राहरू विशेष गरी खुकुलो स्तन भएका महिलाहरूका लागि डिजाइन गरिएका हुन्। यस्तो अवस्थामा यदि तपाईं पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने तपाईंले यस प्रकारको ब्रा लगाउन सक्नुहुन्छ।
टी-सर्ट ब्रा
तपाईं आफ्नो लागि टी-सर्ट ब्रा किन्न सक्नुहुन्छ। टी-शर्ट ब्रा धेरै राम्रो हुन्छ, यसले स्तनलाई माथि उठाउन सहयोग गर्छ। यदी तपाईंले खुल्ला खालको लुगा लगाउनु भयो भने पनि तपाईंको स्तनलाई राम्रो सेपमा राख्न सहयोग गर्छ। टी-शर्ट ब्राका कपहरू नरम पनि हुन्छन् जस कारण तिनीहरू आफ्नो आकारमा रहिरहन्छन्।
अण्डरवायर ब्रा
अन्डरवायर ब्रा पनि स्तनको ढिलोपनलाई कम गर्न सहयोग गर्छ। तार भएकोले यसले तपाईंको स्तनलाई सपोर्ट दिन्छ। यदि तपाईं प्याडिङमुक्त विकल्प चाहनुहुन्छ भने त्यो पनि उपलब्ध हुन्छ। एकपटक अन्डरवायर भएको ब्रा लगाएर हेर्नुहोस् यसले तपाईंलाई पक्कै राहत प्रदान गर्दछ।
पुस-अप ब्रा
पुस-अप ब्रा सानो स्तन भएका महिलाको लागि मात्र होइन यो प्रकारको ब्रा स्तन खुकुलो भएकाहरुले पनि प्रयोग गर्न सक्छन्। यसले तपाईंको स्तनलाई राम्रो सपोर्ट प्रदान गर्छ। खुकुलो स्तन भएका महिलाहरुका लागि यो उपयोगी हुन सक्छ।
ब्रा किन्दा यी कुरामा ध्यान दिनुस्
-खुकुलो स्तन भएका महिलाहरुले ब्रा किन्दा सपोर्ट दिने खालको किन्नुस्
-तीन वा सो भन्दा बढी हुक भएको ब्रा किन्नुस्
-स्तनलाई पूरा मात्रामा ढाक्ने ब्रा तपाईंका लागि उपयुक्त हुन सक्छ