जाजरकोटमा फेरि भूकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शुक्रबार रामिडाँडा नै केन्द्रविन्दु भएर ६.४ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
पुन: भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् ।