नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भइसकेको छ। शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो। यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना गरिएको विश्वकप पारस खड्काको नेतृत्वमा खेलेको थियो।
शुक्रबारको जितले पुन: एकपटक क्रिकेटप्रेमीको मुहारमा खुसी छाएको छ। विश्वपकमा नेपाललाई पुन: देख्ने सपना १० वर्षपछि साकार भएको छ। पछिल्लो समय एकपछि अर्को सफलता पाइरहेको क्रिकेट टिमले यसअघि एसिया कपसमेत खेलिसकेको छ।
नेपाल विश्वकपमा छनोट भएपछि मुलपानीमा छरिएको खुसी तस्बिरमा-