काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएकाे छ। शुक्रबार राति ११ः ४७ मा भूकम्पको धक्का महसुस भएकाे हो।
६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिएका छन्।
भूकम्पको धक्का मध्य नेपाल, पश्चिम नेपाल हुँदै भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको छ। भारतीय सञ्चार माध्यमहरुले नयाँ दिल्लीमा धक्का महसुस भएको जनाएका छन्। तर क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन।
पछिल्लो केही समय यता पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेका छन्।