सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ ।
सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो।
रिगललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले उनको ६० प्रतिशत कैद कट्टा गर्ने निर्णय गरेकोमा सर्वोच्चले त्यसलाई बिहीबार खारेज गरेको हो।
चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेकाे अभियोगमा ढकाललाई जन्मकैद सजाय भएकोमा सरकारको सिफारिसमा राष्ट्रपतिले गत ३ असोजको संविधान दिवसमा ६० प्रतिशत कैद कट्टा गरी छाड्ने निर्णय भएको थियो।