आइसिसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरूद्धको खेल जित्न १४६ रनको लक्ष्य पाएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ओमानका जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाए ।
नसिम खुसीले १४ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए । ओमानका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । अविनाश बोहराले पनि १ विकेट हात पारे।
समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ । दुबै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ । समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ ।