‘जात्रा र जात्रै जात्रा’ सुपरहिट भएपछि निर्देशक प्रदीप भट्टराइले यसको तेश्रो सिक्वेल ‘महाजात्रा’को छायांकन सुरु गरेका छन् । यो फिल्मको आजबाट काठमाडौंको बुढानिलकणमा छायांकन सुरु गरिएको छ । छायांकन हुनु अगाडि फिल्मको शुभसाइत समारोह आयोजना गरिएको थियो । षट्कोण आर्टस्ले निर्माण गर्न लागेको फिल्मको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको हो । विश्व शान्तीको कामना गर्दै बौद्ध गुरुहरुले अग्नीमा हवन गर्दै पूजा गरेका थिए।
रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्ममा म्याक्स दिपेश खत्री र यज्ञस्वर पौडेलको लगानी छ।
यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, शिशिर वाङ्देल, अर्जुनजंग शाही, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेनछ।
यो फिल्म चैत्रको ९ गतेबाट रिलिज हुने पक्का गरिएको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा समेत गरिएको छ।
यो फिल्मको छायांकन काठमाडौं र जनकपुरमा हुनेछ। फिल्मलाई ४५ दिन लगाएर खिच्ने तयारी निर्माणपक्षले गरेको छ।