काठमाडौं – सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज सम्बोधन गरेका छन्।
चार दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधारशिविर, पोखरा, लुम्बिनीको भ्रमणपछि आज संयुक्त बैठकलाई सम्बोधन गरेका हुन्।
आइतबार नेपाल आइपुगेका उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरिसकेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राखेका छन्।
हेर्नुस् संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै गरेका तस्बिरहरु-