मलेसियाका युवा ओपनर सैद अजिजको अर्धशतक मद्दतमा मलेसियाले नेपाललाई टी-२० विश्वकप छनाेटमा जितका लागि १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए ।
ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने क्रममा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए।
कप्तान अहमद फैज ३ रन बनाएर रनआउट हुँदा विरेनदीप सिंह पनि ४ रनमा आउट भए । सार्भिन मुनिन्डेले १३ रन बनाउँदा मोहम्मद अमिरले ८ रन बनाए ।
नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।
गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए ।