तामझामकासाथ शुरु भएको सूर्यविनायक–रत्नपार्क द्रुत बससेवा बन्द भएको छ । संविधान दिवसको दिन असोज ३ गतेदेखि शुरु भएको द्रुत बससेवा दशैँदेखि नै बन्द भएको हो ।
द्रुत मार्ग खाली गर्न ट्राफिक प्रहरीले आवश्यक सहयोग नगरेको व्यवसायीहरुले बताएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले एक अर्कालाई दोष लगाएका छन् ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैँदेखि तिहारसम्म काठमाण्डौ उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको बता