नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुबै सदनलाई मंगलबार सम्बोधन गर्ने भएका छन् ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभाकक्षको निरीक्षण गरेक थिए।
सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्न सांसदहरूलाई निर्देशन दिइसकेका छन्।
सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए ।
बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको उनले जानकारी दिए । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने उनले बताए ।