आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका खेल आजदेखि हुँदैछन् । नेपालले पहिलो खेलमा आज सिङ्गापुरसँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुनेछ ।
पहिलो दिन ४ वटा खेल हुने छन् । नेपालले सिंगापुरसँगै सोही समयमा मूलपानी क्रिकेट मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुने छ । यसैगरी दिउँसो १ बजे कीर्तिपुरमा मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुँदा सोही समयमा मूलपानीमा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुने छ ।
यस्तै, दोस्रो खेलमा नेपालले मंगलवार मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ ।
नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ ।