जुड बेलिङघमले ९२ औं मिनेटमा गरेको निर्णायक गोलमा रियल म्याड्रिडले शनिबार ‘एल क्लासिको’ मा बार्सिलोनालाई २–१ ले हराएको छ । स्पेनी ला लिगामा रियलले एक गोलले पछाडि रहेको स्थितिमा यो नाटकीय जित निकालेको हो ।
इलकयी गुन्डोगनको गोलले बार्सिलोनाले छैटौं मिनेटमा अग्रता लिएयता बेलिङघमले नै ६८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । यस प्रदर्शनसँग इंग्लिस मिडफिल्डरले रियलका लागि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन् ।
उनले रियलका लागि १६ खेलमा १४ गोल गरिसकेका छन् । यो जितपछि रियल २० अंकमा लिग तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । उसको पछाडि जिरोना समान २० अंकमा दोस्रो स्थानमा छ ।