अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए ।
उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘फन्को’, ‘जात्रा’, ‘पञ्चेबाजा’, ‘पानीफोटो’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्। प्रकाश अभिनीत चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ अहिले प्रदर्शनमा छ।