प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाललाई भेट्नका लागि एमाले अध्यक्ष ओली शुक्रबार दिउँसो २ बजे सिंहदरबार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।