नेपाल स्थित भारतीय दूतावासले नेपाली क्रिकेट टिमलाई २० वटा क्रिकेट ब्याट सहयोग गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सो ब्याट नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन्।
ब्याट लगायतका सहयोग सामाग्री लिन क्रिकेट एसोसिएसन अफ नेपालका अध्यक्ष चतुर बहादुर चन्द र पारस खड्का गएका थिए।
भारतीय दूतावासले बीपी कोइराला नेपाल भारत फाउन्डेसनको नाममा ती सामाग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले ब्याटबाटै भए पनि क्यान र भारतीय दूतावासबिच सहकार्यको ढोका खुलेको प्रतिक्रिया दिएका थिए।