यु-१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यु-१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताएका छन्।
स्वदेश फर्किएपछि आज बिहान विमानस्थलमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रशिक्षक टमाटाले भने, ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’
टमाटाले अब एसिया कप र वर्ल्डकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको बताए । राम्रो माइन्डसेट बनाएको भन्दै उनले क्रिकेट एसोसिएसनसँग बसेर छलफल गर्ने बताए ।
‘एउटा प्लानिङ गरेको छु एक्सपोजरका लागि । वर्लडकप पनि छ । तयारीका लागि एसिया कप आको छ । ओभरअल राम्रो मान्ड सेटअप छ के-के गर्ने भन्ने कुरा । क्रिकेट एसोसिएसनसँग बसेर अगाडि बढ्छौं,’ उनले भने ।
उनले तिहार पछाडि सिनियर टिमसँग दुई-तीनवटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने बताए ।