दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् ।
लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख, एसपी रामबहादुर केसीले बताए।