नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा यूएईबाट १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ ।
नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोड्यो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५-४५ रनको योगदान दिए ।
नेपालका सोमपाल कामी र अविनाश बोहोरोले दुई-दुई विकेट लिँदा करण केसी र गुल्सन झाले १-१ विकेट हात पारे ।