काठमाडौं – विजया दशमी नजिकिँदै गर्दा काठमाडौं उपत्यका छाडेर घर जानेको घुइँचाे लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।
आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको लर्काे बढेको छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको भिड लागेको छ ।
केही तस्वीरहरू –