ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि शटल बस राख्ने बताएका छन् । शुक्रवार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा मेयर महर्जनले यस्ताे बताएका हुन्।
उनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्टहरू बन्द गराएको बताए। कन्सर्टहरू बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तु आरामसाथ निदाउन पाएको उनकाे भनाइ छ । महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै मेयर महर्जनले ललितपुर महानगरपालिका सहकार्य गर्न तयार रहेको बताए।