त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेल २५ रनमा नट आउट रहे। ओपनर आसिफ शेखले ४२ रन बनाए । कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भए । गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नट आउट रहे ।
हङकङका एहसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । नेपालको बलिङ सामु हङकङका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मध्यक्रमका ब्याटरले यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।
नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १-१ विकेट लिए ।
नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।