काठमाडौं – धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।