काठमाडौं – विजया दशमी तथा दिपावलीकोअवसर पारेर ओएस नेपालको आयोजनामा तथा प्रस्तुतिमा रहेको भजनको गीति एल्वम भक्ति सागर सार्वजनिक गरिएको छ।
विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उनको यो ३३ औं कृति हो भने यस भक्ति सागर (गीति एल्वम) भजनमा चारवटा भजनहरू ‘जय गणेश, दुर्गे भवानी, हे राम राधे श्याम, हरे राम’ भजनहरू समावेश रहेको छन्। रचनाकार सुरेन्द्र महर्जनकै स्वर यस गीति एल्बमभित्र रहेको छ। एल्बमभित्र रहेको सम्पूर्ण भजनहरूमा वरिष्ठ संगीतकार राम कार्कीको एकल संगीत र एरेन्ज रहेको छ।
एल्बम सार्वजनिक समारोहमा सयौंजनाको सहभागिता रहेको थियो। ओएसनेपालको तर्फबाट विवेक कार्कीले कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए। उक्त कार्यक्रममा दिनेश डि. सि, चर्चित एवं विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिव परियार, गायक रामकृष्ण ढकाल, गायक चिरञ्जीवी भण्डारी, एच बि ताम्राकार, अरुण देव जोशी, बब्लु गुप्ता नेपाल, राजेन्द्र ताम्राकार, पदम सुनार, हरि ढकाल, प्रभा शर्मा लगायत अथिति उपस्थित थिए।