काठमाडौं – रोहितको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेल ५१ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ३४ रनमा नट आउट रहे ।दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गरे । उनीहरुले ९३ रनको साझेदारी गरे ।
कुशल भुर्तेलले १४, कुशल मल्ल ११ र आसिफ शेख २३ रनमा आउट भए।
युएईका लागि अलि नासर र निलान्स केस्वानीले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।
युएईका लागि सर्वाधिक रन बसिल अहम्मदले बनाए । उनले ३८ बलमा एक चौका र तीन छक्काको मद्दतले ५१ रनको अधएसतकिय पारी खेले ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो ।