काठमाडौं- प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् ।
इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिहरूले प्रयोग गर्दै आएका थिए । अस्पतालका कार्यरत एक चिकित्सकले करिब ४ हजार जनाले त्यहाँ शरण लिएको बीबीसीलाई बताएका छन् । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोक घोषणा गरेका छन् ।
हमासले हवाई हमलालाई ‘युद्ध अपराध’ भन्दै इजरायललाई दोषी ठहर गरेको छ । इजरायलले भने हमासलाई नै दोष लगाएको छ । इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को ‘आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद’ले प्रहार गरेको रकेट विस्फोट भएको बताएको छ। गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले पनि जिम्मेवारी अस्वीकार गरेको छ ।