नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।
नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । योसँगै मुलपानी मैदान टि२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ । एक दिवसीयको भने यसअघि नै पाइसकेको छ ।
पछिल्लो समय नेपालले टि२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ ।
नेपाल र युएईबीच पाँच टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।