काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको ‘कोरोनरी एन्जियोग्राम’को परीक्षण रिपोर्ट सामान्य आएको छ ।
मंगलबार साँझ छातीमा असहज महसुस भएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री दाहालको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टसहितको चिकित्सकीय टोलीले एन्जियोग्राम गरेको थियो ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको एन्जियोग्रामको रिपोर्ट सामान्य देखिएसँगै उनलाई दुई घण्टापछि नै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार उनको मुटुको धमनीमा केही समस्या भएको हुन सक्ने संकेत देखिएपछि तुरुन्तै एन्जियोग्राम गरिएको हो । प्रधानमन्त्री दाहाललाई उच्च रक्तचापसँगै डाइबिटिजको पनि समस्या रहेको बताइएको छ ।