काठमाडौं – काठमाडौंको हनुमानढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ। ११ बजेर २९ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन्।
सो अवसरमा नेपाली सेनाको ब्याण्डले मंगल धुन बजाउनुका साथै बन्दुक पड्काएर बढाई गरेको छ। दसैँ घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ। महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिने परम्परा छ।