काठमाडौं – आफ्नो संवेदनशील अंगभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा एक युवती पक्राउ परेकी छन्। कैलालीको त्रिनगर भन्सार नाकाबाट ति युवतीलाई खैरो हिरोइनसहित पक्राउ गरिएको हो।
संवेदनशील अंग (योनीभित्र) ड्रग्स ल्याइरहेको अवस्थामा ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले युवतीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलकी २० वर्षीय अनुस्का सिंह ठकुरी रहेकी छन्। उनको साथबाट एक ग्राम खैरो हिरोइन बरामद गरिएको पनि प्रहरीले जनाएको छ।