काठमाडौं – घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । ईशान किशन बेन्चमा बस्दा शुभमन गिल टोलीमा फर्किएका छन् । पाकिस्तानले भने टोलीमा कुनै पनि परिवर्तन गरेको छैन ।