लेबनानमा भएको मिसाइल आक्रमणमा समाचार संस्था रोयटर्सका एक भिडियो पत्रकारको ज्यान गएको छ ।
रोयटर्सले एक विज्ञप्तिमार्फत् इसाम अब्दुल्लाह नामका पत्रकारको ज्यान गएको पुष्टि गरेको छ । साथै अरु ६ जना पत्रकार घाइते भएका छन् ।
रोयटर्सका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा रिपोर्टिङमा थिए ।